
काठमाडौं–आज सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।