१० साउन २०८३, आइतबार

किम जोङ–उनको मास्क सार्वजनिक भएपछि विवाद

मंसिर २८, २०७५
किम जोङ–उनको मास्क सार्वजनिक भएपछि विवाद

काठमाडौं — दक्षिण कोरियाको एक फेशन र कस्मेटिक्स कम्पनीले किम जोङ–उनको अनुहार भएको फेसियल मास्क सार्वजनिक भएपछि विवाद भएको छ । 

कम्पनीले जुन महिनादेखि २५ हजारभन्दा बढी युनिफिकेसन मोइस्चर न्युक्लीयर मास्क बेचिसकेको बताएको छ । 

तर सार्वजनिक आलोचना भएपछि अनि मास्कको वैधताका विषयमा चिन्ता उठेपछि धेरै दक्षिण कोरियाली स्टोरहरूले बिक्री रोकेका छन् । 

उत्तर कोरियाली नेता र उनको सत्ताले सुनियोजित तथा व्यापक मानवअधिकार उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघले आलोचना गरेको छ । 

दक्षिण कोरियामा उत्तर कोरियाली सरकारको बारेमा सकारात्मक कुरा गर्न अवैध मानिन्छ तर यससम्बन्धी कानून खासै कार्यान्वयन गरिँदैन । 

उत्तर र दक्षिण कोरिया अहिले पनि प्राविधिक रूपमा युद्धमै छन् । तर दुवै देशका नेताले आणविक निःशस्त्रीकरणका विषयमा यसै वर्ष वार्ता गरेका छन् । 

कथित आणविक मास्क ५१५९ नामक कम्पनीले बनाएको छ । उक्त कम्पनीले सौन्दर्य प्रसाधनहरू बनाउँछ । 

यो मास्कमा पाएक्तु पर्वतको पानी रहेको बताइन्छ । कोरियाली मिथकमा पाएक्तु पर्वतमा चारहजार वर्षअघि पहिलो कोरियाली राजधानी डांगुनको सिर्जना भएको हो । 

द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ५१४९ की प्रमुख कार्यकारी क्वाक ह्योन–जुले यसै वर्षको शुरूआतमा भएका कोरियाली शिखर सम्मेलनको उत्सव मनाउन यो मास्क बनाएको बताइन् । 

थुप्रै कोरियालीहरूले मास्क लगाएर खिचेको तस्वीर सामाजिक सञ्जालमा हालेका छन् । मास्कको मूल्य चार हजार वोन छ । 

तर स्थानीय सञ्चारमाध्यमले आलोचना गरेपछि धेरै पसलहरूले मास्क बेच्न बन्द गरेका छन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्