०९ असार २०८३, मंगलबार

दोक्लम विवादको एक वर्षपछि सँगै नाचे भारत र चीनका सैनिक (भिडियो)

मंसिर २८, २०७५
दोक्लम विवादको एक वर्षपछि सँगै नाचे भारत र चीनका सैनिक (भिडियो)

काठमाडौं — दोक्लममा भारत र चीनबीच विवाद चलेर टुंगिएको एक वर्षपछि दुवै देशका सैनिकले संयुक्त अभ्यासका क्रममा एकैसाथ नाचेका छन् । 

भारतीय सेनाले यसको एक भिडियो जारी गरेको छ । 

दुवै सेनाले वार्षिक सैन्य अभ्यास ह्यान्ड इन ह्यान्ड डिसेम्बर १० मा शुरू गरेका थिए । चीनको छङ्दुमा डिसेम्बर २३ सम्म यो अभ्यास चल्नेछ । 

भारत, चीन र भुटानको सीमाक्षेत्रमा पर्ने दोक्लममा गत वर्ष विवाद चर्केको थियो । तर भारत र चीनका शीर्ष नेताले अहिले द्विदेशीय सम्बन्धलाई सामान्य अवस्थामा फर्काइसकेका छन् ।

 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्