१० असार २०८३, बुधबार

अमेरिका–मेक्सिको सीमामा हिरासतमा लिइएकी एक बालिकाको मृत्यु

मंसिर २८, २०७५
अमेरिका–मेक्सिको सीमामा हिरासतमा लिइएकी एक बालिकाको मृत्यु

काठमाडौं — ग्वाटेमालाबाट आएकी सात वर्षीया एक बालिकालाई हिरासतमा लिइएको सात घण्टापछि मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । उनले आफ्नो पितासँग अमेरिका–मेक्सिको सीमा पार गरेकी थिइन् । 

आप्रवासीहरूको एक समूहसँग मिलेर उनी अमेरिका पुगेकी थिइन् । उनी डिहाइड्रेसन र स्तब्धताका कारण मरेको द वाशिङटन पोस्टले छाप्यो । 

एपी न्युज एजेन्सीले सीमा अधिकारीहरूलाई उद्धृत गर्दै ती बालिकाले कैयौं दिनदेखि खाना र पानी नपाएको लेख्यो । 

मध्य अमेरिकाबाट हजारौं आप्रवासीहरू अमेरिकी सीमामा पुगेका छन् । 

आप्रवासीहरू आफ्नो देशमा भइरहेको दमन, गरीबी र हिंसाबाट पलायन भइरहेको बताउँछन् । 

तीमध्ये धेरैले अमेरिकामा बसोवास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । अमेरिकाले चाहिँ अवैध रूपमा देश छिरेका जोकोहीलाई पक्राउ, अभियोजन र सुपुर्दगी गरिने बताएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्