
सप्तरी– एक बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमाअदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलाशले सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई सो फैसला सुनाएको हो ।
विसं २०७४ साउन ७ गते सुरुगा नगरपालिका–४ स्थित बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।
प्रहरीले आरोपितलाई विसं २०७४ साउन १२ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो ।