
काठमाडौं– एसियाकै सबैभन्दा धनाड्यमध्येका एक रहेका मुकेश अम्बानीकी छोरी ईशाको बिहे डिसेम्बर १२ मा सम्पन्न भएको छ ।
मुम्बईस्थित अत्यन्तै महंगो र आलिसान २७ तले एन्टिलियाका भवनमा २७ वर्षीया ईशा आफ्ना बाल्यकालका साथी ३३ वर्षीय आनन्द पिरामलसँग प्रणयसूत्रमा बाँधिएकी हुन् ।
आनन्द भारतकै अर्का प्रमुख व्यापारिक घरानाका सदस्य तथा घरजग्गा व्यवसायी हुन् ।
विलासी होटल, चार्टट उडान, महंगा भोजन र मनोरञ्जनमा भएका खर्च यो विवाहको विशेषता हो ।
यो विवाहमा भएको खर्च कल्पना बाहिर रहेको छ । खर्चबारे धेरै अनुमान गरिएका छन् । आधिकारिक खर्चको विवरण अझैं सार्वजनिक गरिएको छैन ।
ब्युम बर्गले यो विवाह समारोहमा ११ अर्ब ५० करोड ८० लाअ रुपैयाँ खर्च भएको आँकलन गरेको छ । पारिवारिक सदस्यले उक्त अनुमानित रकमप्रति असहमति जनाएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
रकम जतिसुकै खर्च भएपनि बिबाहलाई बेलायती राजकुमार ह्यारीपछिको सबैभन्दा महंगो भनेर चर्चा गरिएको छ ।
भारतीय धनाड्य अम्बानीको कूल अनुमानित सम्पत्ति ४२ अर्ब अमेरिकी डलर रहेको छ । आजको कान्तिपुर दैनिकमा विस्तृतमा छापिएको छ ।