
मोरङ, २२ फागुन- नेकपा एमालेले हिजोबाट शुरु गरेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्ग आज मोरङको विराट चोकमा सभाको आयोजना गरिएको छ ।
विराट चोकमा आयोजना गरिएको कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावलले कसैले अधिकार नपाएको भए संविधान संशोधन गर्न सकिने बताएका छन् । तर, वर्तमान संविधानले सवैको अधिकार सुनिश्चित गरेको भन्दै तत्काल संशोधन आवश्यक नरहेको बताएका छन् ।
केही व्यक्तिले पहाड र तराईलाई छुट्याउन खोजेको भन्दै नेता रावलले एमाललेले त्यसो हुन नदिने बताए ।
एमाले अध्यक्ष केपी ओलीले ५ नम्बर प्रदेश टुक्राउन हस्ताक्षर नगरेको रावलले दाबी गरे ।
उनले मधेसी मोर्चा तर्फ लक्षित गर्दै अर्काको राजदूतावासको भोज खानेहरुले जनताको हित नगर्ने बताए ।