
पोखरा– बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्या भएको करिब चार महिना बितिसक्दा पनि वास्तविक हत्यारा पत्ता लगाउन नसकेको भन्दै दारी ग्याङ पोखराले विरोध गरेको छ ।
शुक्रबार साँझ दारी ग्याङ सांकेतिक विरोध गरेको हो ।
नाराबाजी, चक्काजाम, जुलुसनै प्रदर्शन गरेर विरोध गर्ने प्रवृतिको अन्त्य गर्दै दारी ग्याङले सभ्य र मौन ढङ्गले सांकेतिक विरोध गरेको हो ।
पोखराको विपिचोक चिप्लेढुङ्गा आयोजना गरिएको कार्यक्रममा युवाहरुको सहभागिता थियो । ‘सरकारको घैटोमा कहिले घाम लाग्छ ?’, ‘सरकारको दिमागमा बत्ति कैले बल्ने?’, के नेपालको कानुन साच्चै अन्धो छ ?’ लगायतका नाराहरु सार्वजनिक गर्दै सांकेतिक रुपमा घैटो, बत्ति र तुलो लिएर आँखामा कालो पट्टी लगाइ दारी ग्याङले विरोध गरेको थियो । दारी ग्याङका सदस्य महेन पहारीको रचनात्मक परिकल्पनामा सांकेतिक विरोध गरिएको दारी ग्याङ पोखराका संयोजक बसन्त पहारीले बताए ।