२७ जेठ २०८३, बुधबार

चर्चित रमाइला कलाकारहरूको जम्बो टोलीसहितको ‘चुरीफुरी डट कम’

मंसिर २९, २०७५
चर्चित रमाइला कलाकारहरूको जम्बो टोलीसहितको ‘चुरीफुरी डट कम’

आर्यन फिल्मस् प्रोडक्सन तथा अमेरिकाको बोधी इन्टरटेन्टमेन्ट एलएलसीको संयूक्त प्रस्तुतिमा चर्चित कलाकार निर्मला शर्माको निर्देशनमा बोधीएचडिबाट रमाइलो वेब सिरिज ’चुरीफुरी डट कम’को सुटिङ्ग प्रारम्भ भएको छ ।

नेपाली भाषाको टिभी सामाग्रीहरुमा सकारात्मक रमाइलो सामाग्री ’चुरीफुरी डट कम’ आउन थालेको हो । टिभीमा प्रसारण अनि भिडियो सामाग्री खोजिको प्रक्रियालाई सरल बनाउँदै बोधीएचडीका लागि कलाकार निर्मल शर्माले यसको निर्देशन गर्दै छन् । 

रमाइलो वेब सिरिज चुरीफुरी डट कमको एक्जिक्यूटिभ निर्माता रमेश एम के पौडेल हन् । निर्मल शर्माको नेतृत्वमा प्रारम्भ यस वेब सिरिजको अर्को निर्माता एमीला लामा हुन् । 

यस वेब सिरिजको प्रोमोशनल गीतमा बरिष्ठ संगीतकार तथा गायक शम्भूजीत बास्कोटा को संगीत रहेको छ भने आवाजपनि बास्कोटाकै रहेको छ । यसको भीएफएक्स गौतक खड्का र राम चौधरीले गर्नेछन् । मसिंर २८ गते प्रोमोको शुट सम्पन्न भएको जानकारी निर्माता रमेश एमके पौडेलले बताए । 

चर्चित रमाइला कलाकारहरु सम्मिलित यस ’चुरीफुरी डट कम’मा निर्देशक निर्मल शर्मासहित कलाकारहरु गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलमणी मैनाली, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा (घाटो), सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेल रहेका छन्।


 

salt training

कमेन्ट गर्नुहोस्