काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको झण्डामा रहेको चार तारमध्ये एक तारा धार्मिक स्वतन्त्रताको प्रतीक भएको बताएका छन् ।
शनिवारबाट राजधानीमा शुरु भएको सहासमिति बैठक उद्घाटन समारोहमा बोल्दै महामन्त्री कोइरालाले हिन्दू धर्ममाथि प्रहार भइरहेको बताएका हुन् ।
एसिया प्यासिफिक समिटले उब्जाएका शंकाहरू खतरनाक भएको भन्दै महामन्त्री कोइरालाले नेपाली धर्म संस्कृतिमा विदेशी शक्तिहरूले प्रहार गर्दै आएको बताए । ‘हाम्रो धर्ममा प्रहार भएको छ, हाम्रो मौलिक पहिचान नै समाप्त हुने हो कि भन्ने चिन्ता परेको छ,’ महामन्त्री कोइरालाले भने,‘ अब नेपाली कांग्रेसको काँधमा नेपालको मौलिक पहिचान जोगाउने जिम्मेवारी आएको छ ।’
पार्टी एकताको निमित्त सम्पूर्ण ताकत लगाउन नेताहरूलाई कोइरालाले आग्रह गरे ।