०८ साउन २०८३, शुक्रबार

देउवा र पौडेललाई निधिले भने– तपाईंहरु साँचिकै एक हुनुस्

मंसिर २९, २०७५
देउवा र पौडेललाई निधिले भने– तपाईंहरु साँचिकै एक हुनुस्

काठमाडौं–नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शीर्ष नेतृत्व मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । 

राजधानीमा आजबाट शुरु भएको महासमिति बैठकको उद्घाटनमा बोल्दै नेता निधिले वास्तविक रुपमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल एक हुनुको विकल्प नभएको बताए । 

‘तपाईंहरु साँचिकै रुपमा एक हुनुस् भन्न चाहन्छु,  दुई जनाले बाहिर घुम्दा जे जे बोल्नु भयो त्यसलाई छोडिदिनुस्’ निधिले भने । 

चुनाव हारेपछि एकआपसमा दोषापरोणको चर्चा गरिएको भन्दै निधिले अव त्यसलाई पुन चर्चा गर्नु आवश्यक नभएको बताए ।

आगामी चुनावमा जित्ने लक्षका साथ लाग्नुपर्ने बताउँदै निधिले भने ‘लोकतान्त्रिक पार्टी नराम्रोसँग हारेको छ र आगामी निर्वाचनमा जित्नु परे्को छ त्यसका लागि तयार भएको नेपाली कांग्रेस देख्न चाहन्छन् त्यसका लागि अब रुन्चे भएर हुँदैन दोषारोपण गरेर हुँदैन एक अर्कालाई घोचपेच गरेर हुँदैन ।’

अब चार वर्षपछि वा कुनै पनि चुनावमा कांग्रेसको जीत होस् भन्ने चाहना कांग्रेसलाई माया गर्नेहरुको मत भएको भन्दै निधिले मुख्य ध्येय ‘हाउ टु विइन नेक्स्ट इलेक्सन’ हुनुपर्ने बताए । 

‘आपसमा झगडा गरे हार्न चाहन्छौं वा मेलमिलाप गरेर जित्न चाहन्छौं ? नेताहरु भन्नुहोस् अब भइसक्यौं’ नेता निधिले भने । 

अर्कोपटक जित्ने इच्छा हुनेले चार वर्ष काम गर्नु पर्ने निधिको भनाइ थियो ।  अरुलाई घोचपेच गरेर हुन्छ ? उनले प्रश्न गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्