०७ असार २०८३, आइतबार

अमेरिकाले फिर्ता दियो फिलिपिन्सबाट लुटेको घन्ट

अमेरिकाले फिर्ता दियो फिलिपिन्सबाट लुटेको घन्ट

काठमाडौं — एक शताब्दीअघि अमेरिकी सैनिकहरूले लुटेका तीनवटा घन्ट अमेरिकाले फिलिपिन्सलाई फर्काएको छ । 

आजभन्दा ११७ वर्षअघि अमेरिकी सैनिकहरूले लुटेको घन्टलाई बालानगिगा चर्चमा एक समारोहका बीच फिर्ता गरिएके हो । घन्ट फिर्ता भएपछि राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्ना देशवासी र अमेरिकाको प्रशंसा गरे । 

फिलिपिनो अमेरिकी युद्धका बेलामा भएका सामूहिक हत्यापछि प्रतिशोधस्वरूप उक्त पित्तलका घन्टहरू लुटिएका थिए । 

गत अगस्ट महिनामा अमेरिकी दूतावासले बालानगिगा घन्टहरू फर्काउने घोषणा गरेको थियो । यसका लागि दशकौंदेखि दबाब परिरहेको थियो । 

‘कोही एक व्यक्तिले मात्र अमेरिकीहरूको दयालु कामको क्रेडिट लिन पाउँदैन,’ डुटेर्टेले शनिवार भेला भएका हर्षित मानिसलाई बताए । 

‘यसको श्रेय अमेरिकी र फिलिपिनोहरूलाई जान्छ,’ उनले भने । 

डुटेर्टेले सन् २०१७ मा दिएको एक भाषणमा घन्टहरू फिर्ता गराउनका लागि आह्वान गरेका थिए । 

यी घन्टहरू साम्राज्यवारी शासकविरुद्ध फिलिपिन्सको स्वतन्त्रताको प्रतीकका रूपमा लिइन्छ । 

फिलिपिन्सले लगातार दबाब दिइरहेको अनि अमेरिकामा घन्ट फिर्ता गराउने कामको विरोध घटिरहेको अवस्थामा यी घन्टहरू अघिल्लो हप्ताको शुरूतिर मनिलामा ल्याइएका थिए ।

बीबीसीबाट 

कमेन्ट गर्नुहोस्