१० असार २०८३, बुधबार

रोबोटले कामदारको शरीरमा घुसायो तीखा रड !

रोबोटले कामदारको शरीरमा घुसायो तीखा रड !

काठमाडौं — आधुनिक युगमा मानिसको सहायता गर्नका लागि रोबोट अर्थात् यन्त्रमानवको प्रयोग धमाधम भइरहेको छ । तर रोबोटबाट खतरा पनि हुन्छ र त्यस्तो खतराको पछिल्लो उदाहरण चीनमा देखिएको छ । 

चीनको दक्षिणमा रहेको झूजौ प्रान्तमा चिनियाँ भाँडाकुँडा बनाउने एक कारखानामा अनियन्त्रित रोबोटले एक कर्मचारीमाथि आक्रमण गरेको छ । 

आक्रमणका क्रममा रोबोटले कर्मचारीको शरीरमा स्टीलबाट बनेका १० वटा चुच्चा रडहरू घुसाइदिएको छ । कर्मचारीको हात र छातीमा एक फीट लामो १० वटा रड रोबोटले घुसाएको हो । 

रडहरूको मोटाइ डेढ सेन्टिमिटर थियो । 

घाइते कर्मचारीलाई तत्कालै अस्पताल लगियो । चिकित्सकहरूले अनेकौं घन्टाको शल्यक्रियापछि कर्मचारीको शरीरबाट रड निकाले । एउटा रड त कर्मचारीको शरीरको मुख्य नसासँग लगभग जोडिएको थियो । 

अस्पताल प्रशासनले घाइते कर्मचारीको हालत स्थिर रहेको जनाएको छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्