२४ जेठ २०८३, आइतबार

श्रीलंकामा रनिल विक्रमसिंघेले लिए प्रधानमन्त्री पदको शपथ

श्रीलंकामा रनिल विक्रमसिंघेले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं — रनिल विक्रमसिंघेले आइतवार फेरि प्रधानमन्त्री पदको शपथ लिएका छन् । 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनलाई पदको शपथ खुवाएका हुन् । अक्टोबरमा सिरिसेनाले नै विक्रमसिंघेलाई पदबाट हटाएका थिए । 

विक्रमसिंघेको शपथग्रहणसँगै श्रीलंकामा दुई महिनादेखि चलेको राजनीतिक संकट सकिएको छ । विक्रमसिंघेलाई हटाएर महिन्दा राजपक्षेलाई सिरिसेनाले प्रधानमन्त्री बनाएपछि श्रीलंकामा राजनीतिक संकट आएको थियो । 

विक्रमसिंघेले आइतवार शपथ लिएपछि उनको क्याबिनेटका मन्त्रीहरूले सोमवार शपथ लिने भएका छन् । 

महिन्दा राजपक्षेले शनिवार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि आइतवार विक्रमसिंघेले शपथ लिएका हुन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्