काठमाडौं, २२ फागुन — उत्तरी सिरियामा चलिरहेको युद्धका कारण ६५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । आतंकवादी संगठन इस्लामिक स्टेट अफ इराक एन्ड द लिभान्ट (आईएसआईएल) ले हालैका हप्ताहरूमा गरेको आक्रमणका कारण ठूलो संख्यामा मानिस विस्थापित भएका हुन् ।

संयुक्त राष्ट्रसंघको मानवीय नियोग ओचाले दशौं हजारौं मानिसले उत्तरी अलेप्पो प्रान्तमा रहेको आफ्नो घर छोड्नुपरेको छ । विशेषगरी आईएसआईएलको पकडमा रहेको अल–बाबमा बढी समस्या रहेको हो ।
‘अल बाब शहरबाट लगभग ४० हजार अनि नजिकैको तादुफ गाउँबाट २६ हजार मानिस भागेका छन्,’ ओचाले बतायो, ‘अन्य विद्रोही सेनाले नियन्त्रणमा राखेका इलाकातर्फ लगभग ४० हजार मानिस विस्थापित भएका हुन् ।’
सिरियाली सेनाले रुसी हवाई सेनाको मद्दतले आईएसआईएलविरुद्ध भीषण आक्रमण जारी राखेको छ ।
अलजजीराबाट