२३ जेठ २०८३, शनिबार

नुवाकोट दुर्घटनाः २० मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइयो

नुवाकोट दुर्घटनाः २० मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइयो

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ । 

आज बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई रु २५ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । 
सो दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा घाइते भएकाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्