
काठमाडौं- सन् २०१९ मा साउदीको मक्का मदिनामा हज गर्न जान चाहने इच्छुक नेपाली मुसलमानहरुका लागि सरकारले आवेदन खुला गरेको छ । हजमा जान ईच्छुक व्यक्तिले पुस २ गते देखि पुस २३ सम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने नेपाल हज समितिको सचिवालयले जनाएको छ ।
गत वर्ष पनि निवेदन दिएर जान नपाएकाहरुलाई प्राथमिकतामा राखिने बताइएको छ । हजमा जानेले सक्कलै राहधानी, नागरिकताको प्रमाणपत्र, फोटो, एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराउनु पर्ने छ ।
