
काठमाडौं–राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म–२’ को छायाँकन सकिएको छ ।
४८ दिन लगाएर चलचित्रको सम्पूर्ण छायाँकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिए । हिट चलचित्रका मात्र सिक्वेल बनिरहेको वर्तमान अवस्थामा गिरीले ब्यबसायिक रुपमा असफल चलचित्र ‘जिस्म’ को सिक्वेल निर्माण गरेका हुन ।
चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी, सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रिकोटी, सुचिन्द्र परियार, रोशन थापाको मुख्य भूमिका रहेको छ ।
सुचिन्द्र परियारले निर्देशन गरेको चलचित्रमा संगीत योगेश काजि र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड्काको रहेको छ ।
राजेन्द्र बिकको निर्माणमा बनेको चलचित्र चैत्र अन्तिम साताबाट प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।