काठमाडौं, १ पुस– अमेरिकी डिभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका प्रहरी उपरीक्षक (एसपी) प्रमोद खरेलले राजीनामा दिएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका हुन्। यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन।
कुनै पनि सरकारी ओहदामा रहेका कर्मचारीले विदेशी पीआर तथा नागरिकता लिन नपाउने नियम बनाएको भएपनि त्यसको खिल्ली उडाएर एक वर्षअघि एसपी खरेलले अमेरिकी डीभी भरेका थिए।
अमेरिकी डिभि परेका खरेल अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका छन्। आगामी फागुन ११ गते अमेरिका उड्ने गरी टिकट बुकिङसमेत उनले गराइसकेका छन्।