०९ असार २०८३, मंगलबार

सिमेन्ट उद्योगमा आगलागी हुँदा १० लाखको क्षति

सिमेन्ट उद्योगमा आगलागी हुँदा १० लाखको क्षति
सा‌ंकेतिक तस्बिर

लहान– सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट उद्योगमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । 

उद्योगको क्लिङ्करको बेल्टमा घर्षण भई आगलागी हुँदा क्लिङ्कर बेल्ट, केमिकल लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, फ्याक्ट्रीका कामदार र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उद्योगका प्रबन्धक मनोज श्रेष्ठले जानकारी दिए । आगलागीबाट उक्त रकम बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्