१४ असार २०८३, आइतबार

एमाले अभियानको विरोध गर्दै मोर्चाले गर्‍याे सप्तरीमा यातायात ठप्प

कात्तिक २०, २०७४
एमाले अभियानको विरोध गर्दै मोर्चाले गर्‍याे सप्तरीमा यातायात ठप्प
सप्तरी, २३ फागुन - नेकपा(एमाले)को मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ । 

मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन ।

एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ ।

साथै मोर्चाले आज बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्