काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि जारी रहेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा शनिबारदेखि जारी बैठकमा बुधबारसम्म २८ नेताले धारणा राखेका छन् ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमथि छलफल भइरहेको नेकपा कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।
बुधबारको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए । उनीह?मध्ये अधिकांशले सरकार र नेतृत्वको आलोचना गर्दै जनमुखी काम हुन नसकेको बताएका थिए ।
नेकपामा ४५ सदस्यीय स्थायी कमिटी रहेको छ ।
अ? सदस्यह?ले पनि बोल्ने क्रम जारी रहेकाले बैठक अझैं केही दिनन जारी रहने बताइएको छ।
अध्यक्षद्वयको प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।
बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पनि अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरेका छन् ।