१० असार २०८३, बुधबार

काल्पनिक समाचार लेख्ने पत्रकार जागिरबाट निकालिए

काल्पनिक समाचार लेख्ने पत्रकार जागिरबाट निकालिए

काठमाडौं — जर्मनीको लोकप्रिय पत्रिका डेर स्पीगेलले एकजना पत्रकारलाई विभिन्न समाचारमा काल्पनिक विवरण बनाएको र झूटा उद्धरणहरू गरेको आरोपमा जागिरबाट निकालेको छ । 

क्लास रेलोटियस नामक ती पत्रकारले थुप्रै लेखहरूमा झूटा कुरा लेखेको र पात्रहरू समेत आफैंले आविष्कार गरेको डेर स्पीगेलले जनायो । 

यस्ता झूटा लेखहरूमध्ये केही त पुरस्कारलाई लागि नामांकित र केही त पुरस्कार समेत जितेका डेर स्पीगेलको भनाइ छ । 

तेत्तीस वर्षीय रेलोटियसले डेर स्पीगेलमा प्रकाशित १४ वटा स्टोरीमा पाठकलाई ठगेको पत्रिकाले जनायो । 

बुधवार एउटा वक्तव्य जारी गर्दै जर्मन पत्रिकाले रेलोटियसका झूटा लेखहरूको वास्तविकताबारे अनुसन्धान गरिने बताएको छ । उनकै एक सहकर्मीले उनको रिपोर्टिङमाति शंका उठाएका थिए । 

शुरूमा आरोप अस्वीकार गरेका रेलोटियसले कतिपय लेखमा पूरै अनुच्छेदहरू नै कल्पनामा आधारित भएर लेखेको गत साता स्वीकार गरे । 

कुनै लेखमा उनले कहिले पनि नभेटेका मानिसको कथा भनेको वा उनीहरूलाई उद्धृत गरेको पनि पाइयो । 

उनले पत्रिकाका लागि ६० लेख लेखेको र तीमध्ये अधिकांश सही रहेको बताएका छन् । 

ह्यामबर्गमा रहेको पत्रिकाले पाठकहरूसँग माफी मागेको छ र खुलासाबाट आफू स्तब्ध भएको जनाएको छ । स्पीगेलको ७० वर्षे इतिहासमा यो सबभन्दा खराब घटना भएको उसले वर्णन गरेको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्