२५ जेठ २०८३, सोमबार

ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता

ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर सीथारमन र ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका हुन् ।

दोहा बैंक, कतारमा रहेका बैंकमध्येको अग्रणी स्थानमा रहेको बैंक हो । जसको कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढी मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेका छन् ।

रेमिट्यान्स कारोबारको लागि दोहा बैंकसँगको यो सम्झौता पश्चात कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंक लि.का सम्पूर्ण शाखाहरु तथा आईएमई र जीएमईका ९ हजारभन्दा बढी एजेन्टमार्फत् सजिलै भुक्तानी लिन सकिनेछ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर एव्म राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड रेमिट्यान्सलाई प्राथमिकतामा राखी विगत १० वर्षदेखि विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंक हो । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्