काठमाडौं, २३ फागुन — एउटा वयस्क मानिसले पर्याप्त निद्राका लागि आठ घण्टा सुत्नैपर्छ । तर जनावरहरू चाहिँ कति सुते भने निद्रा पु–याउँछन् त ? थाहा पाइराखौं न त, कुन जनावरलाई कति निद्रा आवश्यक हुन्छ ।

चमेरोचमेरो दिनको १९.९ घन्टा सुत्छन् ।
अजिंगरअजिंगर यसैपनि सुस्त प्रजातिको प्राणी हो र यो प्रतिदिन १८ घण्टा सुत्छ ।
बाघबाघ दिनको १६ घण्टा सुत्छ ।
लोखर्केचञ्चल स्वभाव भएको लोखर्के पनि दिनको करीब १४.९ घण्टा सुत्छ ।
सिंहजंगलको राजा सिंह दिनको लगभग १३.५ घण्टा सुत्छ ।
मुसाफुर्तिलो मुसो पनि दिनको १२.६ घन्टा सुत्छ ।
बिरालोबिरालो लगभग १२.६ घण्टा निदाउँछ ।
खरायोखरायो लगभग ११.४ घन्टा सुत्छ ।
चितुवाचितुवा दिनको १०.८ घण्टा सुत्छ ।
कुकुरकुकुर कम सुत्छ जस्तो लाग्छ हामीलाई तर यो पनि दिनदिनै १०.६ घण्टा सुत्छ ।
चिम्पाञ्जीचिम्पाञ्जी लगभग ९.७ घण्टा सुत्छ ।
सुंगुरसुंगुर लगभग ७.८ घण्टा सुत्छ ।
बाख्रोबाख्रो लगभग ५.३ घण्टा सुत्छ ।
गाईगाईलाई दिनको ३.९ घण्टा सुते पुग्छ ।
घोडाघोडा दिनको २.९ घण्टा सुतेर काम चलाउँछ ।
हात्तीसबभन्दा कम सुत्ने जनावर हात्ती हो । यो दिनको दुई घण्टा मात्र सुत्छ ।
एजेन्सीको सहयोगमा