
काठमाडौं – नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी ‘लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको छ ।
शिवम्ले हरेक वर्ष आफ्ना ग्राहकलाई लक्षित गरी कदर स्वरुप नयाँ नयाँ योजनाहरु बजारमा ल्याउदै आइरहेको छ । जसलाई यस वर्ष पनि निरन्तरता दिई ‘लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको हो ।
योजना सीमित अवधिका लागि नेपाल अधिराज्यभर लागू गरिएको छ । योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिन्छ । कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरी २.५ ग्रामदेखि १० ग्राम सुनको सिक्का वा १ सयदेखि १ हजारसम्मको नगद पक्का जित्न सकिनेछ ।
नगद पुरस्कार तुरुन्तै वितरकबाट प्राप्त गर्न सकिने छ भने सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरी नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की–ड्र बक्समा हाल्नु पर्नेछ ।
संकलित कुपनहरूलाई मार्फत लक्की–ड्र गरी विजेताहरु चयन गरिनेछ । विजेताहरुको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिइनेछ र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्रदान गरिनेछ ।
शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रमाइजको नारासहित विभिन्न क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जनजस्ता क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’, तथा ‘अटुट कम्प्रिसिभ स्ट्रन्थ’जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको छ । जस्तै ः काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादि ।
आईएसओ ९००१, आईएसओ १४००१, ओएचएसएएस १८००१ आईएसआई, यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।