२७ जेठ २०८३, बुधबार

पाकिस्तानमा गधामाथि चढेर रिपोर्टिङ गर्दा (भिडियो)

पाकिस्तानमा गधामाथि चढेर रिपोर्टिङ गर्दा (भिडियो)

काठमाडौं — पाकिस्तानका रिपोर्टर र एंकरहरूले अनौठा हर्कत गरिरहेका हुन्छन् । 

जियो न्युज च्यानलमा एउटा रिपोर्ट प्रसारण गरिएको छ जसमा लाहौरमा गधाहरूको संख्या बढिरहेको देखिन्छ । 

पाकिस्तान गधाहरूको संख्याको हिसाबमा संसारकै तेस्रो ठूलो देश बनेको रिपोर्टमा बताइन्छ । गधाहरूलाई रोगबाट बचाउनका लागि प्रशासनले गधाहरूको अस्पताल पनि बनाएको छ । त्यहाँ उनीहरूको सित्तैमा उपचार गरिन्छ र उनीहरूको हेरचाह पनि गरिन्छ । 

लाहौरमा ४१ हजारभन्दा बढी गधा छन् । उनीहरूको हेरचाहका लागि अस्पताल खुलेपछि गधामालिकहरू निकै खुशी भएका छन् । 

पाकिस्तानी रिपोर्टर अमीन हफीजले अस्पतालमा गधामाथि बसेर रिपोर्टिङ गर्दा गधा अचानक नाच्न थाल्छ । त्यो हेर्दा निकै हाँसो लाग्छ ।



एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्