
सुनसरी – सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–३ शिवगंज टोलमा बीसीजी खोपबाट बिहीवार १ महिने शिशुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम् खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिइन् । खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो मृत्यु भएको हो ।
खोप लगाउने अनमी ढकाललाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।