०४ असार २०८३, बिहीबार

घर फोर्ने सामान र चोरीका सामानसहित ४ जना पक्राउ

घर फोर्ने सामान र चोरीका सामानसहित ४ जना पक्राउ

काठमाडौँ-  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।


वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला र दोलखाका १६ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँले चोरी गर्न प्रयोग हुने सामान र चोरीका सामानसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले रु ६६ हजार ५७५ नगद, ल्यापटप तीन थान, मोबाइल नौ थान, आइफोन एक थान, ढलोटको मुर्ति एक थान, सुनको औँठीजस्तो देखिने औँठी एकथान, तिलहरी एक थान, चाँदीको चुरा तीन थान, पुजाका सामाग्रीहरू, पेचकस एक थान, छिनो दुई थान, घडी एक थान, दाउ एक थान, हाते ब्याग एक थान र लुगा बोक्ने झोला दुई थान बरामद गरेको छ ।

चारजनाले चोरेर ल्याएको सामान कामनपा—१७ ढल्कुस्थित लक्ष्मीनारायण तण्डुकारको घरको दोस्रो तलामा अनिल तामाङले लुकाएर राख्ने गरेको अनुसन्धानमा खुलेको प्रसाईँले बताउनुभयो । पक्राउ परेकासँग थप अनुुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्