
काठमाडौं– गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन् ।
डिल्लीबजार कारगारमा कैद सजाय भुक्तान गरिरहेका दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डिल्लीबजार कारागारले उनलाई थुनामुक्त गरेको हो ।
प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गेलाई ७ बैशाखमा काठमाडौं प्रहरी प्ररिसरको टोलीले पक्राउ गरेको थियो ।
२०६१ सालमा अर्का डन मिलन चक्रेमाथि तरबार हानेको अभियोगमा मनाङ्गे जेल सजाय काटिरहेका थिए ।