
काठमाडौं – चर्चित हाँस्यकलाकार मनोज गजुरेल अभिनित चलचित्र ‘सयकडा दश’को पोष्टर सार्वजनिक गरिएको छ ।
सार्बजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई ‘प्रेम गीत २’ फ्रेम्ड निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन ।
चलचित्रमा मनोजका साथमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने, रवि डंगोल लगायतको अभिनय छ । यो चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रको निर्मातामा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जिव न्यौपाने रहेका छन् । स्वदेश प्रदर्शन अगाडि चलचित्र अंग्रेजी नयाँ वर्ष २०१९ छेकोमा थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिने निर्माण युनिटको भनाई छ । केही समयअघि सार्वजनिक चलचित्रमा समावेश गीत ‘दाईलाई कुरा लाइदिनी’ अहिले चर्चामा छ ।
