३१ जेठ २०८३, आइतबार

उत्तर कोरियाद्वारा फेरी आणविक क्षेप्याश्त्र परीक्षण

कात्तिक २०, २०७४
उत्तर कोरियाद्वारा फेरी आणविक क्षेप्याश्त्र परीक्षण

 

सोल, २३ फागुन - उत्तर कोरियाले फेरी एकपटक चार वटा प्रतिबन्धित शक्तिशाली क्षेप्याश्त्र (ब्यालेस्टिक मिसाइल) परीक्षण प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उक्त चार वटै मिसाइल करिब एक हजार किलोमिटरको दूरीसम्म आकाशमा उडी समुद्रमा झरेका थिए । चार मध्ये तीनवटा मिसाइलहरु जापानी सागरमा अवस्थित, जापानले आफ्नो निर्बाध आर्थिक प्रयोजनका लागि उपयोग गर्दै आएको सामुद्रिक खण्डमा झर्न पुगेको दक्षिण कोरियाली तथा जापानी अधिकारीहरुले बताएका छन् ।

केही अघि, वासिङ्गटन र सोल मिलेर संयुक्त रुपमा विशाल सैनिक अभ्यास प्रदर्शन गरेकामा त्यसकै जवाफ स्वरुप प्योङ्गयाङ्गले अहिले उक्त क्षेप्याश्त्र परीक्षण गरेको भन्ने अडकल पनि उक्त दुबै देशका अधिकारीहरुले गरेका छन् ।

परीक्षण गरिएका क्षेप्यास्त्रहरु के, कस्तो खालका वा कत्तिको शक्तिशाली हुन् भन्ने तत्कालै खुल्न नसके ता पनि प्रहार गरिएका क्षेप्यास्त्रले तय गरेको दूरीका हिसाबले पक्कै पनि लामा दूरीका हुनु पर्छ भन्ने अनुमान गरिएको छ ।

यसअघि, केही महिनायता उत्तर कोरियाले विभिन्न शृङ्खलाका साना, ठूला आधुनिक क्षेप्यास्त्रहरु निरन्तर परीक्षण गर्दै आइरहेको थियो । अमेरिका र दक्षिण कोरियाबाट जहिले पनि उत्तर कोरियालाई खतरा रहेको भन्ने मानसिकता बोक्नु भएका राष्ट्रपति किम जोङ्ग उन आफ्नो मुलुकको आणविक शक्ति र क्षेप्यास्त्र क्षमतामा वृद्धि गराउने तर्फ खुलेरै लाग्नु भएको बताइएको छ ।

यस घटना पछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एच.आर.म्याकमास्टर र दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका उच्च पदाधिकारी किम क्वाङ्जिनबीच टेलिफोनमा कुराकानी हुँदा क्षेप्यास्त्र परीक्षणको निन्दा गरिएको र कुन प्रकारले उत्तर कोरियाउपर थप प्रतिबन्ध लगाउन र प्रभावकारी दबाब दिन सकिन्छ यस बारे एक आपसी सहयोग गर्ने बारे गम्भीर छलफल भएको पनि दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जनाएको छ ।

उत्तर कोरियाको सम्भाब्य उछृङ्खलताको सामना र नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले अत्याधुनिक हातहतियार सहित दक्षिण कोरियामा २८ हजार पाँचसय र जापानमा ५० हजार सेना तैनाथ गर्दै आएको बताइन्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्