
फागुन २३, काठमाडौं - प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र र धर्म्निरपेक्षतामा माओवादीको रगत पसिना भएको बताएका छन् ।
माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकलाई सोमवार पार्टी कार्यालय काठमाडौंमा सम्बोधनगर्दै प्रचण्डले गणतन्त्र, संघीयता, धर्मनरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना रहेको बताएका हुन । ‘गणतन्त्र, संघीयता, धर्मनरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना जसको रगत पसिना जोडिएको छ’ प्रचण्डले भने, ‘यी उपलब्धि जोगाउने दायित्व पनि हाम्रै हो ।’
सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको भन्दै प्रचण्डले भने ‘स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ । स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, हाम्रो रगत र पसिना जोडिएको छ । संविधानले स्थानीय तहमा अत्यन्तै धेरै अधिकार दिएको छ, जनताको अधिकार गाउँ–गाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्छ ।’
नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको प्रचण्डले बताए ।