१७ असार २०८३, बुधबार

अनौठो मसाज सेन्टर जहाँ अजिंगरबाट मसाज गराइन्छ

कात्तिक २०, २०७४
अनौठो मसाज सेन्टर जहाँ अजिंगरबाट मसाज गराइन्छ
काठमाडौं, २३ फागुन — मसाज गराउन मजै हुन्छ । शरीरको थकान भगाउनका लागि मसाज प्रभावकारी हुन्छ । तर मान्छेले मसाज नगरेर अजिंगरले गर्ने ठाउँमा जान तपाईं सक्नुहुन्छ त ? सुन्दा पनि पसिना छुट्यो होला तपाईंको ।


तर इन्डोनेसियामा एउटा मसाज सेन्टर छ जहाँ अजिंगरबाट मसाज गराइन्छ अनि मानिसहरू नडराइकन मसाज गराउँछन् ।

अजिंगरले आफ्नो शिकारलाई खानका लागि पहिला बेस्सरी अँठ्याउँछ । यसको यस्तो अँठ्याइले मसाज प्रभावकारी हुने विश्वासका साथ यसको प्रयोग भएको हो ।

अजिंगरबाट मसाज गराउँदा डराउनुपर्ने कुनै आवश्यकता छैन किनकि मसाज गराउनुअघि अजिंगरलाई पेटभरि खान दिइन्छ । अनि मसाजका बेलामा उसको मुख पनि बन्द गरिन्छ ।


मसाजका लागि तीन मिटर लामो र आठ किलो तौल भएको अजिंगर प्रयोग गरिन्छ । उसले पेट र खुट्टाको पनि मसाज गरिदिन्छ ।

अजिंगरको दह्रो अँठ्याइले मांसपेशीका सबै थकान टाढा भाग्छन् । मान्छेले हातले गरेको मसाजभन्दा अजिंगरको अँठ्याइयुक्त मसाजले धेरै नै आराम दिन्छ ।

अजिंगरबाट डराउने मानिसले मसाज गराउँदा उसको मनको डर भाग्छ र मनोवैज्ञानिक बल मिल्छ । डरमाथि नियन्त्रण जमाउने यो एक राम्रो उपाय हो ।

अजिंगरले हानि नगरोस् भन्ने सुनिश्चित गर्नका लागि पूर्ण व्यवस्थापन गरिएकाले पनि डर मान्नुपर्दैन ।


इन्डोनेसियामा अजिंगर उपचार सफल भएकाले फिलिपिन्स र बेलायत जस्ता देशले पनि यसलाई अपनाउन थालेका छन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्