
दाङ– तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । दुर्घटनामा २१ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मध्ये १० जनाको सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार जाजरकोट भेरी नगरपालिका ४ का वर्ष १७ का अनिश नेपाली, कञ्चनपुरको कञ्चनपुर नगरपालिका वर्ष १७ का खिमराज भट्ट, जुम्लाको चन्दननाथ ३ का वर्ष १७ का हिक्मत बोहोरा, चन्दननाथकै वर्ष १६ का कुशुम राहुल, चन्दननाथ १ का वर्ष १७ का अर्जुन शाही, जुम्लाको हिमा गाउँपालिका ५ की वर्ष १७ की शैलजा शाही रहेका छन् ।
यसैगरी, दाङको घोराही उपमहानगरपालिका ४ का वर्ष २८ का प्रदिप घिमिरे, दाङकै बबही ५ का वर्ष २१ की कविता खत्री, घोराही १४ का वर्ष १९ का विजय घर्ती, घोराही ३ का वर्ष २६ का मदन खत्री, दाङकै दंगिशरण १ का वर्ष २० का सञ्जीव रत्गैया, रुकुमको भूमे गाउँपालिकाका वर्ष २८ का नरेश ओली, डोल्पाको जगदुल्ला ५ का वर्ष १६ का गजेन्द्र एडीको सनाखत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
अन्यको सनाखत हुन बाँकी छ ।