०१ असार २०८३, सोमबार

ड्राइभर निदाउँदा २० फिटमाथि हावामा उड्यो कार, चालकलाई केही भएन

ड्राइभर निदाउँदा २० फिटमाथि हावामा उड्यो कार, चालकलाई केही भएन

एउटा सडक दुर्घटनाको फोटो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

बीएमडब्ल्यू कार दुर्घटना भएको फोटो र भीडियो भाइरल भएको हो । भिडियोमा एक कार रोडको छेउमा राखिएको बारमा ठोकिएर हावामा उडेको देखिएको छ । सुरुङको छतमा कार ठोकिएको छ । 

हावामा उड्ने क्रममा कयौं पटक कार ३६० डिग्री घुमेको छ । यो भिडियोलाई स्लोबाकिया प्रहरीले जारी गरेको छ । 

दुर्घटनामा गाडी चालकलाई भने केही पनि भएको छैन । जाँचका क्रममा उसको शरीरमा रक्सीको मात्रा फेला परेको छैन । यात्राका क्रममा निदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भिडियो अनुसार कार करिब २० फिट माथि हावामा पुगेको थियो । भिडियोलाई दुई दिनमा २० लाखले हेरेका छन् ।घटना उत्तर पूर्वी स्लोवाकियाको पोपराड नामको स्थानमा रहेको बोरिक सुरुङमा भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्