काठमाडौं, २३ फागुन – चलचित्र 'रुट नम्बर २३' मा नायक सौगात मल्ल र नायिका नम्रता श्रेष्ठले अभिनय गर्ने भएका छन् । निर्देशक तथा पत्रकार समीर बलामीले उक्त चलचित्रको निर्देशन गर्दैछन् ।
बैशाखबाट छायांकन सुरु गर्ने लक्ष्य लिएको चलचित्रमा सौगात र नम्रताका अतिरिक्त बुद्धि तामाङ, मेनुका प्रधान, सुधीर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । यद्यपि नायिका नम्रता श्रेष्ठसँग भने लिखित सम्झौता भइसकेको छैन ।

विकास श्रेष्ठ र दीपेन्द्र शाक्यले निर्माण गर्न लागेको चलचित्रमा निर्देशक बलामीकै कथा छ । करिब १ करोड ५० लाखको बजेटमा बन्न लागेको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।
चलचित्रको हिमाली भेगसहित काठमाडौं तथा पोखरामा समेत छायांकन गरिने जनाइएको छ ।