
सप्तरी, २३ फागुन– मधेसी मोर्चाका कार्यकर्ताको अबरोध छिचोल्दै नेकपा एमालेको मेची–महाकाली अभियान सप्तरीको राजबिराज नजिक पुगेको छ । कडा सुरक्षाबीच एमालेको अभियान सप्तरी पुगेको हो ।
स्माले स्थायी समिति सदस्य सत्यनारायण मण्डलको नेतृत्वमा आएको जुलुसले कोशी पूर्वबाट आएको एमालेको अभियानलाई सप्तरीमा स्वागत गरेको हो । एमाले जुलुसले पूर्वपश्चिम राजमार्गको ७ किलोमिटर क्षेत्र पूरै ढाकेको अभियानमा सहभागि एमाले नेताहरुले जनाएका छन् ।
सप्तरीको भारदह नजिकै रुपनी बजारमा टायर बालेर प्रदर्शन गरेका कार्यकर्ता एमालेको जुलुस आएपछि पछि हटेका थिए ।
- तस्वीर प्रेम गुरागाईं