१६ असार २०८३, मंगलबार

इन्डोनेसियाको सुनामीमा मर्नेको संख्या ६२

इन्डोनेसियाको सुनामीमा मर्नेको संख्या ६२

काठमाडौं — इन्डोनेसियाको सुन्दा स्ट्रेटमा सुनामी आउँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ५८४ जना घाइते भएका छन् । 

देशको विपत व्यवस्थापन निकायले शनिवार आएको सुनामीका कारण सयौं भवनहरू क्षतिग्रस्त भएका छन् । 

निकायका अनुसार, क्राकातोआ ज्वालामुखी विस्फोट भएपछि समुद्रमुनि पहिरो गएका कारण सुनामी गएको हुनसक्छ । 

जाभा र सुमात्रा टापुहरूको बीचमा रहेको जलप्रपात (स्ट्रेट) ले जाभा समुद्रलाई हिन्द महासागरसँग जोड्छ । 

सुनामीका कारण भएका मृत्युको संख्या बढ्ने चेतावनी निकायले दिएको छ । 

सुनामी स्थानीय समयअनुसार शनिवार राति साढे नौ बजे गएको थियो । 

पान्देगलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा मृत्युको खबर आएको छ । 

पश्चिम जाभामा रहेको लोकप्रिय तान्जुङ लेसुङ तटीय रिजोर्टमा सुनामीको असर परेको छ । सुनामीको लहर आउने पूर्व चेतावनी दिइएको थिएन । 

इन्डोनेसियाको रेड क्रसले आफूहरू घटनास्थलमा पुगेको र भत्केको एक भवनमसनि पीडितहरूलाई खोजी गरिरहेको जनाएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्