१२ असार २०८३, शुक्रबार

चीनमाथि पाँच देशले लगाए ह्याकिङको आरोप

चीनमाथि पाँच देशले लगाए ह्याकिङको आरोप

काठमाडौं — अमेरिकापछि अब पाँच देश अस्ट्रेलिया, क्यानडा, जापान, न्युजील्यान्ड र बेलायतले चीनमाथि ह्याकिङको आरोप लगाएका छन् । 

चीनले संसारभरिका प्रमुख कम्पनीहरूको व्यापार रहस्य चोरेको र चोर्नका लागि एक ह्याकर समूहको सहायता लिएको ती देशहरूको आरोप छ । 

सीएनईटीको सहयोगी वेबसाइट जेडीनेटको शुक्रवार प्रकाशित रिपोर्टमा लेखिएअनुसार, पाँच देशले आधिकारिक बयान जारी गरेर चीनको रक्षा मन्त्रालयले एड्भान्स्ड पर्सिस्टेन्ट थ्रेट १० गतिविधिलाई प्रोत्साहन गर्छ । 

जर्मन सरकारले बिहीवार स्थानीय कम्पनीहरूलाई चेतावनी दिँदै उनीहरूको क्लाउड प्रदातालाई ह्याक गर्न सकिने बतायो । 

अमेरिकाको जस्टिस डिपार्टमेन्टले बिहीवार दुई चिनियाँ नागरिकलाई आर्थिक जासुसी गर्नका लागि अमेरिका र संसारभरिमा दर्जनौं कम्पनीविरुद्ध ह्याकिङको षड्यन्त्र रचेको आरोप लगाएको थियो । त्यसपछि नै जर्मन सरकारको चेतावनी आएको हो । 

चीनले शुक्रवार अमेरिका र उसका सहयोगी देशले लगाएको साइबर आक्रमणको आरोप खारेज गरेको थियो र अमेरिकाले आफूमाथि निराधार आरोप लगाएको भनेको थियो । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुआ चुइनङले अमेरिकालाई जतिसक्दो चाँडो आरोप फिर्ता लिन र चिनियाँ ह्याकर भनिएका झू हुआ र झाङ शिलोङविरुद्ध मुद्दा नचलाउन भनेको छ । 

हुआले अमेरिकासमक्ष आधिकारिक विरोध दर्ता गरिएको अनि चीनले आफ्नो साइबर सुरक्षा र हितको रक्षाका लागि सबै आवश्यक कदम उठाउने  बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्