१९ असार २०८३, शुक्रबार

लक्की शेर्पामाथिको छानविन अन्तिम चरणमा–परराष्ट्रमन्त्री

लक्की शेर्पामाथिको छानविन अन्तिम चरणमा–परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथिको छानविन अन्तिम चरणमा पुगेको बताएका छन् । 

आइतबार पत्रकारसम्मेलन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले शेर्पामाथिको छानविन अन्तिम चरणमा पुगेको भन्दै प्रतिवेदन आएपछि उपयुक्त कदम चाल्ने बताए । 

शेर्पामाथि मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै शेर्पा परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिन हाजिर भएकी थिइन् । लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले उनलाई नेपाल बोलाएको थियो । 

पूर्वअर्दली वाङ्छु शेर्पाले राजदूतमाथि आफूलाई श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएपछि परराष्ट्रले छानबिन समिति नै बनाएको छ । सोलुखुम्बुका वाङ्छुलाई शेर्पाले नै अर्दलीका रूपमा लगेकी हुन् ।

वाङ्छुले राजदूतको अर्दली बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएकोदाबी गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले शेर्पालाई तत्कालीन माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्