काठमाडौं — एक नयाँ अध्ययनले प्रयोगकर्ताहरू आफ्ना फेसबूक अकाउन्टप्रति कति लगाव राख्छन् भन्ने विषयमा खोज गरेको छ । उसले सामाजिक मूल्यलाई नगदी मूल्यमा परिणत गरेर यस्तो अध्ययन गरेको हो ।
प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जाल त्याग्ने हो भने कति पैसा चाहिन्छ भनी सोधिएको थियो ।
प्रयोगकर्ताको निजता भंग गरेको, राजनीतिक पक्षधरताा देखाएको र बजारमा एकाधिकार जमाएको भन्दै फेसबूकलाई हालैका समयमा निरन्तर आलोचना गरिएको छ । त्यसले गर्दा फेसबूकको स्टक ६ प्रतिशतले घटेको अनि
प्रयोगकर्ताको विश्वास डगमगाएको सर्वेक्षणहरूले देखाएका छन् ।
तर फेसबूकलाई विश्वास नगर्नु र त्यसको प्रयोग नगर्नु एउटै कुरा नभएको एक अध्ययनको निष्कर्ष छ ।
क्यालिफोर्नियाबाट प्रकाशित एक अनुसन्धान जर्नल प्लोस वनले फेसबूकको मूल्य स्टक बजारको आधारमा नभई औसत प्रयोगकर्ताको हिसाबमा मूल्यांकन गर्ने निर्णय लियो ।
प्रयोगकर्ताहरूले फेसबूक एक घन्टादेखि एक वर्षसम्म प्रयोग नगरेको आधारमा परीक्षणात्मक लिलामीका रूपमा पैसा लगाइएको थियो । प्रयोगकर्ताहरूले कति समय फेसबूक नचलाई बस्न सकिन्छ भनी बाजी थाप्थे । त्यस्ता
प्रयोगकर्ता अनियोजित रूपमा छानिन्थे ।
यो अध्ययनले विभिन्न जनसंख्या र नमूनाहरूलाई समेटेको थियो र प्रायः सबैबाट उस्तै परिणाम आयो । उसले भन्यो, ‘हाम्रा १२ सय ५८ लिलामी सहभागीहरूले फेसबूकबाट वार्षिक रूपमा औसतमा एक हजार डलर पाउने गरेको
हामीले पायौं । समाजको स्वास्थ्यमा कम्प्युटर युगको असर कुल गार्हस्थ्य उत्पादनभन्दा निकै धेरै भएको अवधारणालाई यसले मजबूत पार्छ ।’
फेसबूकको आधिकारिक मूल्य लगभग ६३० अर्ब डलर भए पनि अध्ययनको निष्कर्षअनुसार यसले प्रयोगकर्ताहरूलाई २४० अर्ब डलर बराबरको मूल्य दिन्छ । फेसबूक आफैंले चाहिँ प्रत्येक प्रयोगकर्ताको मूल्य २५० डलर जति भएको
अनुमान गरेको छ ।
एजेन्सी