सप्तरी, २३ फागुन– मधेशी मोर्चाका कार्यकर्ताको बिरोधका बावजुद सप्तरीको राजबिराजमा नेकपा एमालेले सभा आयोजना गरेको छ ।
सभालाई सम्बोधनगर्दै एमालेका शीर्ष नेताहरुले तराइको विकास एमालेले मात्र गर्ने दावी गरेका हुन् । अध्यक्ष केपी ओलीले नेपाली र मैथली भाषामा सम्बोधन गर्दै एमाले सरकारले मधेशको विकासका लागि धेरै बजेट छुट्टाएको दावी गरे ।
‘एमाले पाहुना होइन, हरेका गाउको पार्टी हो’ ओलीले भने, ‘सबै जनताको पार्टी हो एमाले ।’ नेता माधव कुमार नेपालले पनि एमाले नै मधेशको पार्टी भएको बताएका थिए ।