१५ असार २०८३, सोमबार

सप्तरीमा ओलीको सम्बोधन: ' कालो झण्डा होइन, देश बनाउने झण्डा बोक्नुस्'

कात्तिक २०, २०७४
सप्तरीमा ओलीको सम्बोधन: ' कालो झण्डा होइन, देश बनाउने झण्डा बोक्नुस्'
सप्तरी, २३ फागुन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश केन्द्रीत दललाई बिचौलियाको संकेत दिएका छन् । एमाले नेताहरु आएभने जनता भ्रममुक्त हुन्छन भनेर एमालेलाई मधेशमा अबरोध गर्न खोजिएको ओलीको दाबी थियो ।
मेची–महाकाली अभियान अन्तरगत सप्तरीको राजबिराजमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नै मधेशको हितगर्ने पार्टी भएको दावी गरे । ‘एमालेका नेताहरु आएभने जनता भ्रम मुक्त हुन्छन भनेर बिरोध गरे’ ओलीले भने, ‘बिचौलियासँग भर नपर्नु होला, हामी अध्यारो बाट उज्यालो तर्फ जादैछौ ।’

एमालेको कार्यक्रमप्रति बिरोध जनाउने समूहप्रति लक्षितगर्दै ओलीले रातो झण्डा बोक्ल आह्वान गरे । ‘कालो झण्डा होइन सूर्यको झण्डा बोक्नुस, देश बनाउने झण्डा बोक्नुस’ ओलीले भने ।

अत्यन्त संक्षिप्त सम्बोधन गरेका ओलीले नेपाली र मैथली भाषामा सम्बोधन गरेका थिए । ‘एमाले पाहुना होइन, हरेक गाउँको पार्टी हो’ ओलीले भने, ‘सबै जनताको पार्टी हो एमाले ।’

salt training

कमेन्ट गर्नुहोस्