२३ जेठ २०८३, शनिबार

कंगनाले फिल्म इन्डस्ट्री छोडे हुन्छ, किन भने करण जोहरले यस्तो ?

कात्तिक २०, २०७४
कंगनाले फिल्म इन्डस्ट्री छोडे हुन्छ, किन भने करण जोहरले यस्तो ?
 फिल्म रंगूनको रिलिजका बेलामा करण जोहरको कार्यक्रम ‘कफी विथ करणमा आएकी कंगना रनावतले उनीमाथि ठूलो आरोप लगाएकी थिइन् । त्यतिखेर त कार्यक्रमको मर्यादालाई विचार गर्दै करण केही बोलेनन् तर लन्डन पुगेर उनले यसबारेमा खुलेर बोलेका छन् ।


कंगनालाई करणले शुरुवाती दिनमा चान्स नदिएको अनि बलिउडमा माफिया हावी रहेको कंगनाले बताएकी थिइन् ।

यसबारेमा करणले प्रतिक्रिया दिए, ‘कंगना मेरो शोमा पाहुना थिइन् । उनले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै विचार पोखिन् । तर उनले वास्तविकता बुझेकी छैनन् जस्तो लाग्छ मलाई ।’

करणले थपे, ‘कंगना जतिखेर पनि आलाई पीडित जस्तो देखाउन खोज्छिन् । उनलाई बलिउडसँग समस्या छ भने उनले इन्डस्ट्री छोडे हुन्छ ।’

आजतकबाट

salt training

कमेन्ट गर्नुहोस्