काठमाडौं, २४ फागुन – चीनका विभिन्न प्रान्तहरुमा बर्डफ्लुका कारण पछिल्लो अवधिमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाई गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
चीनको हङकङ, ग्वान्जाओलगायतका स्थानमा एच ७ एन ९ नामक भाइरस भेटिएर नागरिकको मृत्यु भएको चिनीयाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अहिले एयरलाइन्समार्फत दैनिक सयौं नागरिकहरु चीनबाट नेपालतर्फ भित्रिने र नेपालबाट चीनतर्फ जाने गरेको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको तथ्यांकमा उल्लेख छ ।