२९ जेठ २०८३, शुक्रबार

अध्यागमनसम्बन्धी नयाँ आदेश जारी गर्दै ट्रम्प

कात्तिक २०, २०७४
अध्यागमनसम्बन्धी नयाँ आदेश जारी गर्दै ट्रम्प
वासिङटन, २४ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनसम्बन्धी नयाँ आदेश जारी गर्ने भएका छन् ।
यसअघि जारी गरेको विश्वभरका शरणार्थी तथा मुस्लिम बहुल देशका नागरिकलाई प्रवेशमा निषेध गर्ने आदेशमा अदालतले रोक लगाएपछि ट्रम्पले नयाँ आदेश जारी गर्न लागेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

ट्रम्पले गत महिना पद सम्हालेलगत्तै जारी गरेका आदेशको व्यापक आलोचना भएको थियो । लगत्तै कानुनी मान्यताप्राप्त भिसा भएकालाई समेत विभिन्न विमानस्थलमा रोकिएको थियो भने कतिपयलाई स्वदेश फिर्ता गरिएको थियो । यसबाट अमेरिकाभर ट्रम्पको विरोध भएको थियो ।

नयाँ आदेशमा के हुनेछ भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर आदेशमा प्रतिबन्धित देशको सूचीबाट इराकलाई हटाउन सक्ने अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्