२५ जेठ २०८३, सोमबार

नेकपा अध्यक्ष ओलीको प्रस्ताव– सांगठनिक एकताका सबै काम पुस महिनामै सकौं

नेकपा अध्यक्ष ओलीको प्रस्ताव– सांगठनिक एकताका सबै काम पुस महिनामै सकौं

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सांगठकिन एकतासहित एकता प्रक्रियाका सबै काम पुस मसान्तभित्रै सम्पन्न गर्नेगरी प्रस्ताव अगाडि बढाएका छन् । 

बिहीवार बसेको वैठमा ओलीले पार्टीको सांगठनिक एकताका सबै काम पुस मसान्तभित्रै सक्ने प्रस्ताव अगाडि बढाएका हुन् । पार्टी एकताका कामहरु लगभग सकिएपनि जनवर्गीय संगठनको एकताको काम बाँकी रहेको भन्दै अध्यक्ष ओली बाँकी रहेको सांगठनिक एकताको काम पुसभित्रै सक्ने प्रस्ताव अगाडि सारेका हुन् । 

ओलीले पुसमा सांगठनिक एकताको काम सकेर एकीकृत भएका संगठनको भेला माघमा बोलाउने प्रस्ताव पनि गरेका छन् । यस्तै माघमै पार्टीको केन्द्रीय समिति वैठक आह्वान गर्ने प्रस्ताव पनि ओलीले अगाडि सारेका छन् । 

जारी स्थायी समितिको वैठकमा अधिकांश स्थायी समिति सदस्यहरुले पार्टी एकताको प्रक्रियामा ढिलाइ भएको भन्दै नेतृत्वको आलोचना गरेपछि अध्यक्ष ओलीले एकता प्रक्रिया छिटो टुंग्याउने प्रस्ताव अगाडि सारेका हुन् । 

अध्यक्ष ओलीले पार्टीको एकता महाधिवेशनका लागि आगामी फागुन र चैत महिनामा देशव्यापी रुपमा विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव पनि अगाडि सारेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्