०१ असार २०८३, सोमबार

एशिया प्यासिफिक समिटिलाई पशुपतिको राप्रपाले भन्यो ‘क्रिश्चियन धर्म सम्मेलन’

एशिया प्यासिफिक समिटिलाई पशुपतिको राप्रपाले भन्यो ‘क्रिश्चियन धर्म सम्मेलन’

काठमाडौं– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले हालै काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई ‘क्रश्चियन धर्म सम्मेलन’ काे संज्ञा दिएको छ । 

पार्टीको बिहिबार सम्पन्न उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले सम्मेलनप्रति पूर्ण असहमत रहेको जनाएको छ । 

‘गत महिना सरकारको संलग्नता र सहभागितामा काठमाडौंमा भएको एशिया प्यासिफिक समिट (क्रिश्चियन धर्म सम्मेलन) प्रति राप्रपा (प्रजातान्त्रिक) पूर्ण असहमत रहेको छ’, पार्टी प्रवक्ता राजेन्द्र गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शदीयौं देखि धार्मिक र साँस्कृतिक सहिष्णुतालाई राष्ट्रिय चरित्र तथा संस्कृतिको रुपमा अवलम्बन गर्दै रहेको तथा सनातन हिन्दु राष्ट्र रही आएको र हिन्दुत्वको छहारीमा विविध धर्म संस्कृतिले समान तथा सम्मानजनक संरक्षण एवं स्थान पाई आएको नेपाललाई जवर्जस्ती धार्मिक र साँस्कृतिक द्वन्द्वको चक्रव्यूहमा फसाउने वाह्य शक्तिहरुको दिर्घकालिन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेको देखिनु घोर चिन्ता र निन्दाको विषय हो ।’
यस्तै बैठकले पुस २७ गते परेको पृश्वी नारायण शाहको जन्म जयन्ती विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशभर मनाउने निर्णय गरेको छ । 

उच्चस्तरीय कार्य सम्पादन समितिको अर्को बैठक पुस  १५ गते बस्ने तय बस्ने तय भएको गुरुङले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्