०१ असार २०८३, सोमबार

अमेरिकामा अचानक नीलो भयो रातको आकाश, पड्कियो ट्रान्सफर्मर

अमेरिकामा अचानक नीलो भयो रातको आकाश, पड्कियो ट्रान्सफर्मर

काठमाडौं — अमेरिकाको न्युयोर्कमा रहेको क्वीन्समा बिहीवार रात विस्फोट हुँदा रातिको आकाश केही समयका लागि चम्किलो नीलो भएको छ । घटनाका कारण मानिस छक्क परे । 

केही मानिसले एलियन आए कि क्या हो भने अनि केहीले यसलाई आस्थासँग जोडेर हेरे । 

विस्फोटको आवाज चर्को भएका कारण क्वीन्स, म्यानह्याटन र न्युजर्सीका केही भवनमा झड्काको अनुभव भयो । मानिसहरू घरबाट निस्केर सडकमा आए ।

अधिकारीहरूका अनुसार, कोन एडिसन पावर प्लान्टमा शर्ट सर्किट हुँदा ट्रान्सफर्मरमा आगो लाग्यो अनि विस्फोट भयो । त्यसपछि आकाशमा धूवाँ र आगाका लप्का उठे । आगो र धूवाँले आकाशमा चम्किलो प्रकाश उत्पन्न गरेपछि त्यस चमकलाई टाढासम्म देखियो । 

विस्फोटका कारण न्युयोर्क वरपर बिजुली गयो । मानिसहरू बाहिर निस्केर यसको कारण पत्ता लगाउने कोशिश गरे । 

प्लान्टका प्रवक्ता बब म्याकगीले उपकरणमा खराबीका कारण विस्फोट भएको बताए । घटनामा केही क्षति नभएको उनको भनाइ छ । आगोमा नियन्त्रण कायम गरिसकिएको उनको भनाइ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्